१५ जेठ,डोटी । कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य ड्युटीमा खटिने प्रहरी खुला सडकमै रात बित...
