कक्षाकोठामा शिक्षा सचिवको अनौँठो प्रश्न ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’

३० मंसिर, गोरखा । ‘ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए । नेपालीमा सोधेकाले गाह्रो भएको ठानेर सचिव दाहालले अङ्ग्रेजीमा ‘हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी रु’ भनेर सोध्दा पनि ...