कुटेर विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा

काठमाडौँ,२१ जेठ । पाँच जना विद्यार्थी छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाएको छ। सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वम...