पाकिस्तानमा भएको विमान दुर्घटनामा परेका सबै १०७ जनाको मृत्यु

९ जेठ,काठमाडौं । पाकिस्तानमा भएको विमान दुर्घटनामा परि ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको हो। मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ७,८ ओटा घर समेत ध्वस्त भएको पनि जानकारी दिनुभएको छ। ...