८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो भाइरल भए पछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका हुन् । अडियो भाइरल भएसँगै प्...
