१७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोनमा कुराकानी भएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीका अ...
