चितामा जलाउन तयार पारिएको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान पक्राउ

विराटनगर,माघ २ गते । प्रहरीले घाटमा जलाउन लागेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरी पछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । घाटमा लैजाने तयारी गर्दै गर्दा महिलाको घाँटीमा डाम देखिएपछि माइती पक्षले प्रहरीलाई खबर गरेको थियो । ...