संविधान दिवसमा घर–घरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

धनगढी, असोज १ । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ। असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी ...