एमसीसीमा कुनै सैन्य संलग्नता नरहेको अमेरिकी दूतावासको दावी

काठमाडौ,माघ ४ गते । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ। दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा कुनै पनि सैन्य मामिला नजोडिएको र अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा स...