‘मेयर कप फुटबल प्रतियोगिता’ आगामी माघमा

बागलुङ । प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । ...

फिफा बरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ। अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो। यो महिना नेपालले एक स्थान गुमाएको हो। दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ...

इपिएल : पारसको विराटनगरलाई लगातार दोस्रो जित

काठमाडौं । हङकङका अंशुमन रथको अर्धशतकीय पारीसँगै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको खेलमा पारस खड्का कप्तानीको टोली विराटनगरले पोखरा राइनोसलाई ३ विकेटले पराजित गर्‍यो। १ सय २३ रनको लक्ष्य विराटनगरले २ बल बाँकी छदै ७ विकेट गुमाएर लक्ष्य पूर...

एभर्टनद्वारा स्वान्सी ३ – १ ले पराजित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले रेलिगेसन जोनको स्वान्सी सिटीलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा एभर्टनले स्वान्सीलाई ३ – १ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सीले बनाएको सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । एभर्टनका लागि डोमिनिक लेविन,गिल्फी सिगुर्डसन र वायन...

त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ देखि

बेँसीशहर, लमजुङ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ । रु तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बेँसीशहरको त्रिवेणी रंगशालामा हुने प्रतियोगिताको विजेतालाई नगद...

नेपाल बंगलादेशसँग ६-० ले पराजित

यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६-० गोलअन्तरले पराजित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन्। अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन्। मोगिनीले खेलको १३औँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३...

नेयमार चम्कँदा पिएसजीको प्रभावशाली जित

फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशालि जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले रेनलाई ४–१ गोलले हराएको छ । स्टार स्ट्राइकर नेयमारले टिममा सुन्दर दुई गोल र २ असिस्ट गर्दै प्रभावशाली पुनरागमन समेत गरेका छन् । नेयमार गएको हप्ता लिलीसँगको खेलमा प्रतिबन्धका कारण मैदान बा...

युएईबिरुद्धको खेलका लागि २८ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलका लागि २८ खेलाडी सुरुवाती छनोटमा परेका छन् । नेपालले युएईसँग आगामी डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका दुई खेल खेल्नेछ । युएईमा रहेका बेला नेपाली टोलीले अमेरिकासँग डिसेम्बर एकमा र केन्याबिरुद्ध डिसेम्बर तीनमा मैत्रिपूर्ण खे...

इटलीयन मिडफिल्डर पिर्लोले फुटबलबाट लिए सन्यास

काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका छन् भने सन् २००६ को विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । इटलीयन क्लव ब्रेशियाबाट करिअर सुरु गरेका पिर्लोले इन्टर मि...

एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा

काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेट...

टि-२० विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा बुधबार ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्ता...

एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा नेपालले एक गोल पनि गर्न सकेन

काठमाडौं । सन् २०१८ मा हुने एएफसी यू-१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाली टोली जितबिहीन हुँदै घर फर्किएको छ । त्यो भन्दा निराशाजनक तथ्य त यो छ कि नेपालले छनोट चरणमा चार खेल खेलेर १२ गोल खाँदा एक गोल पनि गर्न सकेन । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार ओमानसँग ५-० गोलको पर...