लकडाउन जेठ ५ गते सम्म लम्बियो

  २४ बैशाख,काठमाण्डौं। सरकारले जेठ ५ गते सम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको सुझाव अनुसार विगत ४४ दिन देखि हिँडडुल र सवारी आवतजावतमा ल...

दुई महिने शिशु सहित १७ जनामा देखियो कोरोना, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.वि...

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि ,सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो

काठमाडौं, वैशाख २१ बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार दिउँसो बाँकेमै ९ जनामा कोरोनाको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका। योसँगै आइतबारमात्रै बाँकेमा १५ ...

एकैदिन १० जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

२१ बैशाख,काठमाडौं । नेपालमा एकैदिन  थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार आईतबार नेपालगञ्ज र वीरगन्जमा गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो । वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्...

बारा र पर्साका थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,संक्रमितको संख्या ५७ पुग्यो

बैशाख १७, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो। वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार बाराको सीमराका २ जनामा र वीरगञ्ज छप्कैया–२ का एक जना परुषमा कोरोनाभाइरसको संक्...

नेपालमा थप दुई जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५४ पुग्यो

१६ बैशाख, काठमाडौँ । रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितको जम्मा संख्या ५४ पुगेको छ। मंगलबारको परीक्षणमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमित केस ५४ जनामा देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षणमा उनीहरुको कोरोना संक्रमण देखिएको स...

भोजपुरका एक जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ४८ पुग्यो

११,बैशाख ,काठमाडौं। भोजपुरका एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो । यस अघि आजै एक १४ वर्षीय किशोर र ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदय...

नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८,...

झुप्री भण्डारीको संसार रुवाउने गित ‘सम्झी रुना रुना’ सार्वजनिक हेर्नुहोस् (भिडियो)

‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीले पहिलो गीत बजारमा ल्याएकी छिन् । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत झुप्रीकै जीवनीमा आधारित छ । गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका हुन् । त्यस्तै गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका ...

अछामी नौ मुठे गाई लोप हुँदै

विश्वको सबै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने यो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टा देखि जुरो सम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने...

बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्ची अज्ञात समुहद्धारा आगजनी गरि नष्ट

माघ , १ अछाम । अछामको  बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्चीहरु अज्ञात समुहले मध्यराति आगजनी गरि नष्ट गरेको छ । गाउँपालिकाको अतिथि भवनको प्राङ्गणमा राखीएका कुर्चीहरु अज्ञात समुहले मंगलवार राती आगजनी गरि नष्ट गरेको हो । पौषा २९ गते हुने भनिएको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बर्षाका कारण स्थगीत...

अछाममा छाउँगोठ भत्काउँदा सर्प भेटिए पछि स्थानिय महिलाले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो !’

  अछाम ।  अछाममा छाउगोठ भत्काउने अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनालले स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै आफ्नो घर नजिकै रहेको छाउँगोठ भत्काएकी छन । छाउँगोठ भत्काउने क्रममा गोठमा सर्प भेटिएको हो । लगभग ३ मिटर लामो सर्प भेटिएपछि स्थानियको सहयोगमा मारिएको  खनालले जानकारी दिएकी छन । ...

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला

काठमाडौं,मंसिर १२गते । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउम...

पोखरा ३३ का वडाध्यक्षको घरमा बम विस्फोट, गाडी क्षतिग्रस्त

पोखरा,मंसिर ९ गते । पोखरा महानगरपालिकाका वडा अध्यक्षको घरमा एका विहानै बम विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव प्रसाद आचार्यको घरमा सोमबार बिहानै बम विस्फोट भएको हो । बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ...

मेडिकल माफियलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा (विज्ञप्ति सहित )

काठमाडौँ,१९ कार्तिक ; चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति ...

सात बुँदे माग सहित डा. गोविन्द केसीको १७ औँ अनसन डडेल्धुरामा सुरु

डडेल्धुरा ; डाक्टर गोविन्द केसीले ७ बुँदे माग सहित डडेल्धुराबाट १७ औं अनशन सुरु गरेका छन्। केसीले सोमबार ५ बजेबाट अनशन सुरु गरेका हुन्। डाक्टर केसीले अनशन बस्नु अघि डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका थिए। उनि डडेल्धुरा अस्पताल नजिक रहेको निर्मल क्लिनीक फार्मेसी भएको घरमा अनशन बसेका हुन्। अनशन ...

दशैँसम्म मनसुन लम्बिने सम्भावना

मनसुन अझै केही दिन लम्बिने भएको छ। नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझ...

कक्षा ११ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौँ असोज ७ गते । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो । बोर्डका अनुसार आज मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशि...

चितवन मेडिकल कलेजलाई त्रिविको अनुरोध : बढी शुल्क लिएको भए फिर्ता देऊ !

३ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्द...

यस्तो बन्यो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

  काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । य...