झुप्री भण्डारीको संसार रुवाउने गित ‘सम्झी रुना रुना’ सार्वजनिक हेर्नुहोस् (भिडियो)

‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीले पहिलो गीत बजारमा ल्याएकी छिन् । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत झुप्रीकै जीवनीमा आधारित छ । गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका हुन् । त्यस्तै गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका ...

अछामी नौ मुठे गाई लोप हुँदै

विश्वको सबै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने यो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टा देखि जुरो सम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने...

बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्ची अज्ञात समुहद्धारा आगजनी गरि नष्ट

माघ , १ अछाम । अछामको  बान्नीगढी जयगढ गाउँपालिकाका करिव ५० वटा कुर्चीहरु अज्ञात समुहले मध्यराति आगजनी गरि नष्ट गरेको छ । गाउँपालिकाको अतिथि भवनको प्राङ्गणमा राखीएका कुर्चीहरु अज्ञात समुहले मंगलवार राती आगजनी गरि नष्ट गरेको हो । पौषा २९ गते हुने भनिएको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बर्षाका कारण स्थगीत...

अछाममा छाउँगोठ भत्काउँदा सर्प भेटिए पछि स्थानिय महिलाले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो !’

  अछाम ।  अछाममा छाउगोठ भत्काउने अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनालले स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै आफ्नो घर नजिकै रहेको छाउँगोठ भत्काएकी छन । छाउँगोठ भत्काउने क्रममा गोठमा सर्प भेटिएको हो । लगभग ३ मिटर लामो सर्प भेटिएपछि स्थानियको सहयोगमा मारिएको  खनालले जानकारी दिएकी छन । ...

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला

काठमाडौं,मंसिर १२गते । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउम...

पोखरा ३३ का वडाध्यक्षको घरमा बम विस्फोट, गाडी क्षतिग्रस्त

पोखरा,मंसिर ९ गते । पोखरा महानगरपालिकाका वडा अध्यक्षको घरमा एका विहानै बम विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव प्रसाद आचार्यको घरमा सोमबार बिहानै बम विस्फोट भएको हो । बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ...

मेडिकल माफियलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा (विज्ञप्ति सहित )

काठमाडौँ,१९ कार्तिक ; चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति ...

सात बुँदे माग सहित डा. गोविन्द केसीको १७ औँ अनसन डडेल्धुरामा सुरु

डडेल्धुरा ; डाक्टर गोविन्द केसीले ७ बुँदे माग सहित डडेल्धुराबाट १७ औं अनशन सुरु गरेका छन्। केसीले सोमबार ५ बजेबाट अनशन सुरु गरेका हुन्। डाक्टर केसीले अनशन बस्नु अघि डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका थिए। उनि डडेल्धुरा अस्पताल नजिक रहेको निर्मल क्लिनीक फार्मेसी भएको घरमा अनशन बसेका हुन्। अनशन ...

दशैँसम्म मनसुन लम्बिने सम्भावना

मनसुन अझै केही दिन लम्बिने भएको छ। नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझ...

कक्षा ११ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौँ असोज ७ गते । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो । बोर्डका अनुसार आज मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशि...

चितवन मेडिकल कलेजलाई त्रिविको अनुरोध : बढी शुल्क लिएको भए फिर्ता देऊ !

३ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्द...

यस्तो बन्यो ‘छ माया छपक्कै’ को ट्रेलर (भिडियो)

  काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । य...

आज संविधान दिवसः देशभर हर्षउल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै

आज असोज ३ गते आर्थात संविधान दिवस । संविधान सभाबाट नेपालको संविधान २०७२ घोषणा भएको आज चार वर्ष पूरा भएको छ। यसै अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजा...

अछाममा जिप दुर्घटना हुदाँ ८ जना घाइते

अछाम, असोज २ गते ।  अछामको मंगलसेन नगरपालिका वडा नं.६ ठुलासैनमा जिप दुर्घटना भएको छ । मंगलसेन बाट रामारोशन गाउँपालिकाको ताली जादै गरेको से १ ज १०९३ नम्वर को जिप ठुलासेन नजिक दुर्घटना हुदाँ ८ जना घाईते भएका छन । घाईते हुनेमा रामारोशन गाउँपालिका वडा नं. २ चाफामाण्डौका २४ बर्षिया उर्मिला देवकोटा, वर्षका २५ को पद...

संविधान दिवसमा घर–घरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

धनगढी, असोज १ । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ। असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी ...

सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार हमाल पुन; पकाऊ

https://www.facebook.com/rajendraadhikaridon/videos/10211501919382844/?t=45 काठमाडौं– पोखराबाट सञ्चालित अनलाईन पत्रिकाका जनसञ्चार डटकमका सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य  ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा सर्वोच्चमा उपस्थित ग...

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने

काठमाडौं,भाद्र १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । एकता पछि संग...

मिडिया काउन्सिल विधेयक सर्वसम्मतिबाट स्वीकृत

काठमाडौँ, भदौ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्या...

अछाममा जीप दुर्घटना ; दुईको मृत्यु, ५ जना घाइते

  राजन साउद ,अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। साँफेबगरबाट  मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा...

सुडान घोटाला काण्डमा दोषी ठहरिएका ठेकेदार भारती पक्राउ

काठमाडौं, चर्चित सुडान घोटालामा दोषी देखिएका ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार बिहान ललितपुरस्थित भैसेपार्टीबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी)ले जानकारी दिएको छ। नेपालस्थित ठेकेदार प्रतिनिधि भारतीलाई एपीसी आपूर्तिमा निर्णायक भूमिकामा रहेको भन्दै १४ करोड २० लाख...