प्रधानमन्त्रीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पोजेटिभ आएको हो । यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको प्रे...

“कुलमान पात्र होइन प्रबृति खोजौ ”

नेपालमा हरेक हप्ता नयाँ–नयाँ बिषयबस्तु र सन्र्दभहरुले चिया पशलको गल्ली, सडक, चोक ,प्रोफेर र कर्मचारीको अफिस देखी लेखकका कलम हुदै सामाजिक सन्जालका भित्ताहरुसम्म छाउने गछन। यो या त्यो प्रकारले बिभिन्न प्रकारका प्रपोगाण्डहरु समाजमा चल्ने गर्छन् । लेखकहरुले लेख्नको लागी हरेक दिन अझ भनौ हरेक घण्टा नयाँ नयाँ साम्रगी आउने...

नेपालमा ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

भदौ ३१ ,काठमाण्डौं । बुधबार बिहानै नेपालमा भूकम्पको ठुलो धक्का महसुस भएको छ। सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ मा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्ला...

असोज १ गतेदेखि लामो दुरीका सवारी साधन चल्ने : भाडा ५० प्रतिशत बढ्यो

३० भाद्र, काठमाडौं । सरकारले असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधनहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै, व्यवसायीले साविकको भाडादरमा ५० प्रत...

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

३० भाद्र, काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले पूर्व अर्थमन्त्रीलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। डा. युवराज खतिवड...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुग्यो

३० भाद्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३७१ पुगेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पु...

आज थप १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

३० भाद्र,काठमाडौं । नेपालमा आज थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताएका छन् । काठमाडौं उपत्यकामा मंगलबार ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स...

राष्ट्रिय झन्डा जलाइएको गीतका गायक ग्याल्जेन दोर्जे जेल चलान

२९ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । उनिहरुलाई नेपाल प्रहरीको केन्द्री...

जग्गा कित्ताकाट खोल्ने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२९ भाद्र,काठमाडौँ । सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको भदौ १८ गतेको निर्णयानुसार कृषियोग्य जमिनको समेत खण्डीकरण गरी कित्ताकाट गर्ने निर्णयविरुद्ध दायर भएको रिट...

डा. गोबिन्द केसीले जुम्लामा सुरु गरे १९ औं सत्याग्रह

२९ भाद्र, जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन बसेका छन् । उनले सोमबार जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा ६ बुदे माग राख्दैँ १९ औं सत्याग्रह सुरु भएको हो । उनले कोरोना महामारीबिच थालेको १९ औँ अनसनमा विभिन्न ६ बुँदे माग सहित अनशन बसेका छन् । नेपाली...

अछाममा हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ

२९,भाद्र, अछाम । आजभन्दा १० वर्षअघि एक व्यक्तिको हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त गुमानसिंह थापालाई भदौं २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । २०६७ साल असोज ५ गते जिल्लाको (साविक सिउडी गाविस वडा नम्वर ८) चौरपाटी गाउँपालिका १ का सुरेश थापा लगायतका ५ ...

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा शहिद पुत्र प्रकाश बास्तोला सहित तीन जना धरौटीमा रिहा

२१ भाद्र,कास्की । प्रतिबन्धीत नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य शहिद पुत्र प्रकाश बास्तोला सहित ३ जनालाई जिल्ला अदालत कास्कीले आज आईतबार धरौटीमा रिहा गरेको छ । रिहा हुनेमा जनयुद्धकालीन शहिद विजयराज बास्तोलाका छोरा एबम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य...

पोखरा महानगरका १०, १२ र १३ नम्बर वडा एक साताका लागि सिल

१९ भाद्र, पोखरा । पोखरा महानगरपालिका अन्तगर्त वडा न १० १२ र १३ का बिभिन्न क्षेत्रहरुलाई सिल गर्ने निर्णय गरिएको छ । आज बसेको ३ वटै वडा जनप्रतिनिधिहरुको सयुक्त बैठकले विश्व व्यापीरुपमा फैलियको कोभिड १९ को प्रकोप यस वडाको समुदाय स्तर सम्म फैलि सकेको स्थितिलाई मध्यनजर गर्दै स्थिति नियन्त्रण भन्दा वाहिर नजाओस भन्न...

आज थप १३ सय ५९ जनामा कोरोना पुष्टि , १४ जनाको मृत्यु

१९ भाद्र,काठमाडौँ । नेपालमा आज थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको जम्मा संख्या ४४ हजार २३६ पुगेको छ । यस्तै काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनासंक्रम...

पोखराका १६ सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

१८ भाद्र, पोखरा । गण्डकी प्रदेशमा एकाबिहानै थप ४० जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आज थप ४० जनामा कोरोना पुष्टि भएको हो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जन...

ललितपुरमा कर्फ्यू, उल्लंघन गरे गोली हान्ने

  १९ भाद्र,ललितपुर । ललितपुरमा शुक्रबारका लागि कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ देखि राति १० बजेसम्म जिल्लामा कफ्र्यु आदेश जारी गरेको हो । रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कफ्र्यु आदेश जारी गरिएको...

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

१२ भाद्र, पोखरा । पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शुक्रबार अपरान्ह करीब १२ः१५ बजे पोखरा महानगरपालिका १६ का ५२ वर्षे पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्...

उद्योगपति विनोद चौधरीलाई कोरोना

१२ भाद्र, काठमाडौं । उद्योगपति तथा राष्ट्रिय सभा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ । चौधरीले आफैँले शुक्रबार मध्यान्हमा ट्विट गरी यसबारे जानकारी दिएका छन् । आज बिहान गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएको उनले जानकारी दिएका छन्। चिकित्सकको सल्लाहअनुसार आफू स्वयं आसोलेट भएर बसेको र अहि...

गाउँपालिका अध्यक्ष ओझाले अपांगता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन्

१२ भाद्र, डोटी । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई शारीरिक रूपमा अशक्त भएको भन्दै हाजिर गर्न दिएका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्...

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

१२ भाद्र,काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन्। जिल्ला प...