लागू औषधसहित २ जना विदेशी नागरिक पक्राउ

 225 पटक हेरिएको

काठमाडौँ। ठूलो परिणाममा लागू औषध एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पुलसहित २ जना विदेशी नागरिक पक्राउ गरिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले एम्पुल सहितको लागु औषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट सोमबार भारत रक्सौलका रमेश कुमारलाई पक्राउ गरिएको जानकारी दिए।

त्यसैगरी उनले गत मंसीर २९ गते १ किलो करिव ५ सय ग्राम चरेससहित रसियन नागरिक भिक्टोर छिगानोभलाई पनि पक्राउ गरिएको जानकारी दिए।

बरामद गरिएको सो चरेशको अन्तिम गन्तव्य मोरिस रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार