माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते

 162 पटक हेरिएको


काठमाडौँ । आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते हुनुभएको छ ।

बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते हुुनुभएको हो ।

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ । दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार