टोखामा गोली लागेर एक महिला घाइते

 272 पटक हेरिएको


काठमाडौँ । काठमाडौंको टोखा नजिक झोरमा गोली चलेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जभित्र गोली चलेको एआइजी जयबहादुर चन्दले बताए । उनका अनुसार गोली लागेर एक महिला घाइते भएकी छिन्।

गोली लागी घाइते भएकी स्थानीय दुर्गा पोखरेलको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। बाँया पाखुरा र कोखामा गोली लागेकी पोखरेल खतरामुक्त रहेको एसपी रामदत्त जोशीले बताएका छन्। उनका अनुसार गोली स्थानीयबासी सुनील तामाङले चलाएका हुन्। फरार रहेका तामाङको खोजी भइरहेको एसपो जोशीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार