ग्यास उद्योगमा आगलागी दुईको मृत्यु, कम्तिमा ३ घाइते

 204 पटक हेरिएको

वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजे आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो।ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्नीनियन्त्रक दमकलसमेत जलेको छ। बरुणयन्त्र जल्नुको साथै आगो नियन्त्रण बाहिर गएपछि घटनास्थलबाट सर्वसाधारणलाई ४ किलोमिटरको दुरी राखिएको छ।

मृतक कामदार वा अग्नि नियन्त्रक को हुन् भन्ने पुष्टि अझै भएको छैन। घाइते कामदार अम्मिका पटेल र सुरक्षा गार्ड सन्दिप नेपालको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित बनेका छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन्। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार