कतै गाउँ नगर परिषद हुन सकेन, कतिपय स्थानमा कार्यकारीी अधिकृत छैनन् विकासका काम नभएपछि निराशा
लामो समयदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहले ५ महिनाअघि नेतृत्व पाए ।
यसअघि कर्मचारीका भरमा मात्र चलकाले विकासका माग हुन नसकेको गुनासो व्यापक थियो ।
तर प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन । विवाद र प्रतिनिधिबीच बेमेलले गाउँ नगर परिषदसमेत हुन सकेको छैन ।
दलीय दम्भको चेपुवाः
झापाको गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिका दलीय दम्भ का कारण अनिर्णयको बन्दी बनेका छन् ।
नगर गाउँ परिषद्सम्म हुन सकेको छैन । दुवै तहमा नेतृत्व र बहुमत भिन्नभिन्नै दलको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।