१ महिना बित्दा पनि पोखरा पुगेनन् कर्मचारी

प्रदेश ४ मा केन्द्र सरकारले अन्तरिम व्यवस्थापनको लागि खटाएका २२९ मध्ये १२० जना मात्र हाजिर भएका छन् । कतिपय मन्त्रालयमा कार्यालय व्यवस्थापनका काम नै नसकिएका कारण कर्मचारी संख्या कम भए पनि कार्य सञ्चालनमा समस्या भएको छैन ।

कतिपय कर्मचारी प्रदेश ४ का विभिन्न कार्यालयमा हाजिर नभए पनि सम्पर्कमा रहेका छन् । खटाइएका कर्मचारीमध्ये शुक्रबारसम्म १०९ कर्मचारी कार्यालय पुगेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार