थाहा छैन महानगरपालिकालाई तिथिमिति


काठमाडौं । काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तराष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ ।

तर यसको विस्तृत अभिलेख काठमाडौं महानगरपालिकासँग छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको अभिलेख छ भने, १० वटा संस्थासँग भएको सम्बन्ध बारेको कागजात हराइरहेको छ ।

पहिलोपटक यस्तो सम्बन्ध स्थापना गर्ने अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमितिसमेत काठमाडौं महानगरपालिकासँग छैन ।

समाचारमा लेखिएको छ, यसबारे महानगरपालिका अन्तराष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार