महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडल निकट एक केन्द्रीय सदस्यले बताए ।
प्रत्यक्षतर्फ २३ र समानुपातिक ४० गरी कांग्रेसका ६३ सांसद छन्। आफ्नो पक्षमा सुविधाजनक बहुमत देखेपछि देउवा दलको नेता बन्न आफैं अग्रसर भएका हुन् । ‘६३ मा ३९ जनाले आफूलाई मत हाल्छन् भन्नेमा देउवा ढुक्क हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने, ‘उहाँले छाड्ने सम्भावना छैन। आफ्ना लागि मत माग्ने काम थालिसक्नु भएको छ।’
पौडेल पक्षले देउवा पक्षमा असन्तुष्टि बढेको र त्यसको फाइदा उठाउन सकिने आस गरेको छ । पौडेल पक्षले ६३ मा २९ सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।
केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतका युवा नेताले भने पार्टी पराजय भएको ०५१ र ०६३ मा गिरिजाप्रसाद कोइरालाले समेत आफू अघि नसरी दोस्रो तहका नेताहरूलाई दलको नेता बनाएको उदाहरण दिँदै देउवाबाट पनि त्यही अपेक्षा राखेको बताउँदै आएका छन् । तर देउवाले निटस्थ नेताहरूसँग दलको नेतामा आफैं प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।