बर्दिया । सौतेनी बहिनीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बाह्रबर्दिया–३ का १७ वर्षीय श्यामलाल थारु पक्राउ परेका हुन् ।
उनले आफ्नै सौतेनी आमाको छोरी १५ बर्षीया साबित्री थारुलाई फरुवाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । र, मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार थारुलाई शुक्रबार पक्राउ गरिएको हो । थप अनुसन्धान थािलएको छ ।