के मोबाइल फोनको प्रयोगले क्यान्सर हुन सक्छ ?

बीबीसी । तपाईको मोबाइलबाट निस्कने रेडिएशनले कत्तिको हानी पुर्याउन सक्छ? के रेडिएशनबाट ट्युमर हुने खतरा रहन्छ? यसबाट आफूलाई कसरी बचाउन सकिन्छ ? यी र यस्तै प्रश्नहरुको जवाफ वैज्ञानिकहरुले धेरैवर्ष अघिदेखि खोजिरहेका छन् तर आजसम्म जवाफ भने मिलिसकेको छैन् । तरपनि दुईवटा कुरा भने प्रष्टै छन् ति के हुन् भने,रेडियो फ्रिक्वेन्सी वेब नन आओनाइजेशन रेडिएशन हुन् जुन एक्सरे तथा अल्ट्राभाइलेट रेडिएशनको तुलनामा कम क्षमतावान हुन्छन् ।

एक्सरे तथा अल्ट्राभाइलेट रेडिएशन हाम्रो शरीरमा रहेको डीएनएमा पाइने केमिकल ब्राण्डलाई तोडिदिने समेत क्षमता राख्दछन् । रेडिएशनको प्रभावले दिमाग, टाउको तथा घाँटीमा ट्युमर हुन सक्छ की सक्दैन भन्ने विषयमा अमेरिकन क्यान्सर सोसाइटीले एउटा शोध गरिरहेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने रेडिएशन त्यति धेरै हानिकारक नहुने भएकाले पनि उक्त रेडिएशनले मानव शरीरमा क्यान्सर उत्पादन गर्न भूमिका खेल्दछ नै भनेर भनिहाल्ने अवस्था छैन् । कुनै पनि मोबाइल कम्पनीले आफूले उत्पादन गरेका मोबाइलबाट कति मात्रामा रेडिएशन निस्कन्छ भन्ने बारेमा जानकारी दिनुपर्ने नियम भएपनि यसतर्फ खासै ध्यान दिइरहेका हुदैनौं ।

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्सनले एक यस्तो सूची बनाएको छ जसबाट कयौ नयाँ तथा पुराना स्मार्टफोनबाट निस्किने रेडिएशनका बारेमा जानकारी पाउन सकिन्छ । सबैभन्दा बढी रेडिएशन फाल्ने सूचिमा वज प्लस तथा हुआवी तथा नोकिया लुमिया ब्राण्डका मोबाइल रहेका छन् । यसैगरी रेडिएशन धेरै फाल्ने मोबाइलको सूचिमा आइफोन सेभेन, १० नम्बरमा रहेको छ भने आइ फोन एट,१२ नम्बरमा, आइ फोन सेभेन प्लस १५ नम्बरमा रहेका छन् ।

यसैगरी सोनी एक्सपीया एक्स जेड कम्प्याक्ट(११),जेड टी ई एक्सन ७ मिनी(१३) ब्लेकबेरी डीटीईके ६०(१४) पनि धेरै रेडिएशन फालने मोबाइल अन्तर्गत नै पर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । रेडियोफ्रीक्वेन्सी बाट कसरी बच्ने? रेडियो फ्रीक्वेन्सी सबैभन्दा बढि हामीले बोक्ने मोबाइल फोनको भित्र रहने एन्टिना नजिकै रहेको हुन्छ । यसकारण जति हामी मोबाइल चलाउँछौ वा नजिक राख्छौं उति नै रेडिएशनको सम्पर्कमा रहिरहेका हुन्छौं । यी भन्दा बाहेक अन्य कारणहरुले पनि रेडिएशनको सम्पर्क बढि हुन सक्दछ जस्तो की : तपाई कति समयसम्म मोबाइल चलाइरहनुहुन्छ, मोबाइल फोन तथा नजिकैको मोबाइल टावरबीचको दूरी, मोबाइल फोन सिग्नलको ट्राफिक । अत्याधिक फीक्वेन्सीबाट बच्ने उपाय फोनलाई स्पीकर वा हेण्ड्स फ्री मोडमा प्रयोग गर्ने गरौं, फोन कल भन्दा म्यासेजमा बढी कुरा गर्ने बानी बसालौं, कम एसएआर लेवल भएको मोबाइल खरिद गारौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार