नेपाल शिक्षक महासंघ डोल्पाको अध्यक्षमा डांँगी सर्वसम्मत

दुनै । नेपाल शिक्षक महासंघ डोल्पाको नयाँ कार्य समितिको अध्यक्षमा बालकृष्ण डाँगी सर्वसम्मत भएका छन । बुधबार उद्घाटन भई बिहिबार सम्पन्न भएको महासंघको पहिलो अधिेशनबाट अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् । पहिलो अधिबेशनबाट डाँगीको अध्यक्षतामा २७ सदस्यीय नेपाल शिक्षक महासंघ डोल्पाको नयाँ जिल्ला कार्यसमिति चयन भएको शिक्षक महासंघले जनकारी दिएको छ ।

बुधबार साँझदेखि भएको बन्द सत्रमा पदीय भागबण्डामा कुरा नमिलेपछि बिहिबार अपरान्ह मात्रै नयाँ कार्य समितिले पूर्णता पाएको उपाध्यक्ष रोशन बिकले जानकारी दिए । उनका अनुसार बिभिन्न दलको भातृसंगठन अनुसार पदीय भागभण्डाको बिषयमा कुरा मिल्न समय लागेपछि बिहिबार मात्र पूर्णता पाएको बताए । उनले भने सबै दलबाट शिक्षक महासंघमा जिल्ला कार्य समितिमा प्रतिनिधित्व गराइएको छ समाबेशी पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार