काठमाडौं । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई जनसंख्या मन्त्रालयसँग समायोजन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र जनसंख्यालाई जोडेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाउने निर्णय गरेको हो । सरकारले स्वास्थ्य मन्त्रालयका रुपमा छुटेको २६ महिनापछि जनसंख्या मन्त्रालयसँग समायोजन गरेको हो ।
पुस ०७२ मा तत्कालीन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीकै पालामा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई फरक फरक मन्त्रालयमा विभाजन गरेको थियो । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत १७ मन्त्रालय केन्द्रमा रहने निर्णय गरेको छ । #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय