मन्त्री टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै


पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ ।

एमाले र माओवादीबीच बिहीबार मात्रै मन्त्रालयको भागबण्डामा कुरा मिलेको थियो । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री छनोट गर्न लागेको हो ।बालुवाटार स्रोतका अनुसार, एमाले–माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने मन्त्री छान्न बिहान ९ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएको छ ।

एमाले–माओवादीबीच मन्त्रालय भागबण्डा मिलेपछि ओली सरकार विस्तारको तयारीमा छन् । तर मन्त्रीका आकांक्षी धेरै हुँदा दुवै पार्टीलाई मन्त्री छान्न हम्मे परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार