प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बनाउन पाँच जिल्लाको सहमति


काभ्रेपलाञ्चोकलाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् । जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले प्रादेशिक राजधानीका लागि सिफारिस समिति नै निर्माण गरेर काम थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिनुभयो ।

प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निक्र्यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताउनुभयो ।

काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको बताइएको छ ।

तीन नं प्रदेश अन्र्तगत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार