चुरोट कारखानाको गेस्टहाउसमा मुख्यमन्त्री

जनकपुर । जनकपुर चुरोट कारखानाको गेस्टहाउसमा मुख्यमन्त्रीको कार्यकक्ष तथा अवास राखिएको छ । मुख्यमन्त्रीले यहीँबाट दैनिक काम गर्दै आएका छन् ।

चारवटा मन्त्रालय पनि यही कारखानामा राखिएको छ । चारतले भवनमा आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र अर्थ मामिला तथा योजना मन्त्रालय राखिएको छ । भौतिक पूर्वाधार तथा विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय व्यवस्थापन गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।

मन्त्रालय व्यवस्थापनको जिम्मा पाएका सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले सबै मन्त्रालय तयार भइसकेको बताए । ‘मन्त्रीको कार्यकक्ष पनि तयार भइसकेको छ, कर्मचारीका कोठा व्यवस्थित गर्न बाँकी छ,’ यादवले भने । व्यवस्थापनका लागि प्रत्येक मन्त्रालयमा केन्द्रबाट पाँच करोड बजेट विनियोजन भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार