दैलेख । महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप दुर्घटना भएको छ। जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको हो।
लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु र तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले बताए ।
चार जनाको मृत्यु भएपनि पहिचान भने हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको छ ।