कांग्रेसले बोलायो १३ गते केन्द्रीय समितिको बैठक


नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बैठक बोलाइएको सूचना जारी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यस अघि कांग्रेसले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । उक्त बैठक स्थिगित गरी बिहीबार सांसदहरुको बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार