आफगानिस्तानको सुरक्षा कारबाहीमा १० जना आतङ्ककारी मारिए


जलालाबाद, अफगानिस्तान । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दस जना आतङ्ककारी मारिएका छन् ।

पूर्वी प्रान्त नान्र्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार बिहानबाट मङ्गलबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्र्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन् ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडालक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले मङ्गलबार जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार