काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् । सेभिल्लाले उत्कृष्ट खेल प्रदर्शन गरे पनि म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डी हेयाले उत्कृष्ट बचाउ गरे र टोलीलाई हारबाट जोगाए ।
उनले सेभिल्लाका तीन खतरनाक प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । म्यान अफ द म्याच पनि उनी नै भए ।
डेविडले पहिलो हाफमै जोएक्विन, स्टिभन र लुइस मारियलका प्रहारको सामना गर्नुपरेको थियो । यस्तै म्यानचेस्टर युनाइटेडका लागि लुकाकु र मार्कसले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।
५७ प्रतिशत बल आफ्नो पक्षमा पारेको सेभिल्लाले म्यानचेस्टर युनाइटेडको गोलपोस्टमा ८ पटक प्रहार गरेको थियो । तर, गोलको प्रयास खेर गयो । जबकी म्यानचेस्टर युनाइटेडले एक पटकमात्र सेभिल्लाको गोलपोस्टमा प्रहार गरेको थियो । सेभिल्लाले १२ र म्यानचेस्टर युनाइटेडले ४ पटक कर्नर प्रहारको मौका पाएका थिए ।
अब यी दुई बीचको दोस्रो लेग २५ फेब्रुअरीमा हुनेछ ।