तनहुँमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते


खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नंको मिनीबस तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङनजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए ।

दुर्घटनामा परी सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया नितु मगर घाइते भएकी छन् । गर्भवती समेत रहेकी उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार