विद्यार्थीले निकाले रुख र लहराबाट विद्युत्


मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा नेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन् ।
१० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको विद्युत् निकालेको विद्यार्थी जयबहादुर नाथले बताए ।

उनीहरुले अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए ।

नाथका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत् निकालिएको थियो ।

रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट पनि निकाल्न सकिन्छ होल भनने चासो फल भएकोले प्रालिका कार्यकारी निर्देशक भुवननाथ जलनले बताए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार