मन्त्री माग्दै खुमलटार पुगेका नेतालाई किन फर्काए प्रचण्डले ?

बुधबार बिहानै ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादी नेताहरुको भीड जम्मा भयो । मन्त्री माग्दै निवासमा आइपुगेका नेताहरुलाई प्रचण्डले आफ्नो दलले कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भइनसकेको जवाफ दिए । प्रचण्डले नेताहरुलाई भने-‘म अहिले प्रधानमन्त्रीजीलाई भेट्न जाँदैछु, पहिले हामीले पाउने मन्त्रालयहरुको टुंगो लगौं, अनि तपाईहरुलाई बोलाउँछु ।’

करिब १०र१२ जनाको संख्यामा प्रचण्ड निवासमा पुगेका नेताहरु व्यक्तिगतरुपमा त्यहाँ उपस्थित भएका थिए ।

प्रचण्डलाई उधृत गर्दै माओवादी स्रोतले भन्यो- ‘सरकार कस्तो बनाउने भन्नेबारेमा ओलीजी र मेरो सोचाइ मिलेको छ । काम गर्न सक्ने अनि सुशासन र विकास दिनसक्ने व्यक्तिलाई सरकारमा पठाउनुपर्छ भन्ने हामीवीच सहमति भएको छ ।’

प्रचण्डनिवास पुगेर फर्केका एक नेताले भने- ‘म त व्यक्तिगतरुपमा अध्यक्षलाई भेट्न गएको थिएँ, अरु साथीहरु पनि त्यसैगरी जानुभएको रहेछ, सचिवालयको बैठकैजस्तो पो भयो भनेर त्यहाँ ठट्टा पनि भयो ।’

मन्त्री माग्न आएका नेताहरुबाट पन्छिएर अध्यक्ष प्रचण्ड केपी ओलीसँग मन्त्रालयबारे छलफल गर्न निवासबाट बाहिरएका छन् ।

जनार्दन शर्मा पनि गृहमन्त्रीका दाबेदार हुन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्वन्ध बनाएका शर्मा र शक्ति बस्नेत दुवैजना प्रदेश ६ को नेता रहेकाले माओवादी अध्यक्ष प्रचण्ड दुई मध्ये कसलाई मन्त्री बनाउने भन्नेमा अप्ठेरोमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार