कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बसको ठक्करबाट एकजना भारतीय नागरिकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको सिदार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसिया रहेको प्रहरीले जनाएको छ । तौलिहवा भैरहवा सडक खण्डको कपिलबस्तु नगरपालिका ८ दोहनी मा बसले ठक्कर दिएको थियो ।
भैरहवादेखि तैलिहवा आउदै गरेको लु १ ख ३७३४ नम्बरको बसले विपरित दिसाबाट आईरहेको युपी ५५यु ३५६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गौरीशंकरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।