बिहानै गुण्डा नाइके मनोज पुन र सोम आलेको प्रहरी इन्काउन्टरमा मृत्यु


बुटबल । व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्टवान्टेड ‘गुण्डा नाइके’ मनोज पुन र उनका सहयोगी सोम आलेको प्रहरीसँगको मुडभेडमा मृत्यु भएको छ । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका – ४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएका हुन् । आले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि संलग्न थिए ।

उनीहरू नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका टोलीमाथि पुन र आलेले फाइरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरू घाइते भएका थिए ।

गोली लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्या गरेको आरोप थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार