कहिले पुग्ला हुम्ला र डोल्पामा गाडी ?


देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन ।

बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्‍याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौैँ बिते पनि यथार्थ भने भिन्न छ । अपर्याप्त बजेट, जटिल भौगोलिक बनोट र सुस्त निर्माणले अझै केही वर्ष गाडी हुइँकिन मुस्किल छ ।
हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले छारे–खार्पुनाथ सडकखण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको छ । हिल्सा सडक आयोजनाका अनुसार ४६.९० किलोमिटरका लागि टेन्डर आह्वान गरिएको हो । निर्माणका लागि सेनाको हेलिकोप्टरबाट सर्केगाँड गाउँपालिकामा स्काभेटर पुर्‍याइएको छ ।

यो खबर आजको नयाँ पत्रिकामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार