तीनकुने पुलमा बम आतंक

काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ ।
नेपाली सेनाको डिस्पोजल टोलीले उच्च सर्तकताका बीच तीनकुने स्थित वामगती पुलमा भेटिएको शंकास्पद वस्तु निष्कृय पारेको छ। बानेश्वर वृतका प्रहरी नायव उपरीक्षक रवि पौडलले शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको जानकारी दिए।

शंकास्पद बस्तु तारले बेरिएको अवस्थामा राखिएको थियो। हातेघडी र रेडियोको एरियलसमेत सँगै राखिएको थियो। यस्तो देख्नासाथ सर्वसाधारणमा त्रास पैदा भएपछि प्रहरी र सेनाको टोलीले उक्त क्षेत्रलाई घेरा हालेर डिस्पोज गरेको हो।

प्रहरी उपरीक्षक पौडेलका अनुसार डिस्पोजका क्रममा शंकास्पद वस्तु केही नभएको पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार