दिल्लीबाट नेपाली महिलाको उद्धार

कपिलवस्तु । रोजगारीका लागि दिल्ली हुँदै तेस्रो मुलुक जान लागेकी एक नेपाली महिलाको दिल्लीबाट उद्धार गरिएको छ । दिल्ली महिला आयोगको सहयोगमा केआई नेपालका निर्देशक इन्द्रराज भट्टराई सहितको टोलीले उनकोे उद्धार गरेको हो ।

मेचीनगर झापा घर भएकी ४० वर्षीय महिला पैसाको प्रलोभनमा दिल्ली पुगेकी हुन् । मनिषा शिवाकोटी नाम गरेकी महिलाले कुबेतमा रोजगारीका लागि पठाउने बहानामा उनलाई दिल्ली पु¥याई नौसाद नामका विचौलियाको जिम्मा लगाएकी थिइन् ।

भारतका विभिन्न सामाजिक संघसंस्थासँगको भेटघाटका क्रममा के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले दिल्लीमा अलपत्र परेकी उनलाई नेपाल फर्काएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार