विप्लबको बन्द, जताततै बमै बम

कास्कीको विजयपुर खोलाको पुल नजिक बम विस्फोट हुँदा मंगलबार दुई जना घाइ भए ।
शंकास्पद वस्तु देखिएपछि पुल नजिकै पुगेर पत्रकार घनश्याम पाण्डेले फोटो खिच्ने क्रममा विस्फोट हुँदा पाण्डेसहित प्रहरी जवान कुलबहादुर खत्री सामान्य घाइते भएका हुन् । विस्फोटमा परी घाइते भएका दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार बम राख्ने व्यक्ति वा समूहबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच पोखराको नागढुंगा र शान्ती स्तुप नजिक पनि शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । झोलामा राखिएको शंकास्पद वस्तुका कारण करिब एक घण्टा सडक अवरुद्ध भएको थियो । उता, बाग्लुङको पुरानो बसपार्कमा अज्ञात समूहले राखेको बम पनि नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानका दिए । सोमबार राति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो । मंगलबार बन्द आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम विष्फोट गराएको आशंका गरिएको छ । यता काठमाडौँको तीनकुनेमा पनि शंकास्पद वस्तु देखिएपछि स्थानीय त्रसिद बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार