विप्लव बन्दले म्याग्दीको जनजीवन प्रभावित

बेनी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।

बेनीबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । बन्दका कारण म्याग्दी सदरमुकाम बेनीका बजार उद्योग कलकारखाना सबै बन्द भएका छन् । सडकमा बालबालिकाहरु फुटबल, व्याडमिन्टन, खेलिरहेका भेटिन्छन् । बन्दकर्ताको अनुपस्थितीमै जिल्ला ठप्प भएको छ ।

बन्दकर्ताले एम्बुलेन्स, स्वास्थ्यचौकी, होटल तथा दुग्ध ढुवानीमा लाई सहज आवतजावत बाहेक अन्य सवारीसाधनलाई रोक्ने जनाएका छन् । प्रहरीले बजार तथा आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।बेनीबजारका विभिन्न चोकमा प्रहरीले गस्ती गरिरहेका छन् । सदरमुकाम बाहिरको जनजीवन समेत प्रभावित भएको छ ।

बेनीबजारको केही पसल खुलेपनि अधिकांश बन्द छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार