तोडफोड र आगजनीलाई तीव्र पार्दै विप्लव, खोलिएका विद्यालय धमाधम बन्द


नेपाल कम्युनिस्ट पार्टीद्वारा आह्वान गरेको बन्दको कारणले देशका विभिन्न ठाउँहरुमा दर्जनौं गाडिहरुमा तोडफोड गर्नुका साथै आगजनी समेत तिव्र भइरहेका छन् ।

देशै भरीनै बन्दको प्रभाव परेका छन् । स्रोतका अनुसार झापामा विहान खोलिएका विद्यालयहरु धमाधम बन्द गरिएका छन् । बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । जिल्लाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् ।

विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड गरिएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार