सहमतिमा दिए दलको नेता कोइराला बन्ने

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले सहमतिमा दिए संसदीय दलको नेता बन्ने बताएका छन्

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरे । ‘मलाई पनि कतिपय साथीहरुले संसदीय दलको नेता उठ्न भन्नुभएको छ’ उनले भने, ‘निर्वाचनबाट दलको नेता हुन्न सहमतिमा दिए हुन्छु ।’

पार्टीमा नेतृत्व परिवर्तनको आवश्यक भए पनि अहिले नै महाधिवेशन गर्न नसकिने उनले बताए ।

एमाले र माओवादीबीच भएको पार्टी एकतालाई कांग्रेसले कुन रुपमा लिएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री शशांकले भने, ‘कांग्रेसका लागि चुनौती र प्रतिस्पर्धा बढे पनि दुई ठूला कम्युनिष्ट पार्टी बीच एकता हुनु खुसीको कुरा हो । हामीले पनि आफ्नो पार्टीलाई जोगाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार