कास्कीमा बम विस्फोट, प्रहरी र पत्राकार घाइते

विप्लव माओवादीले आह्वान गरेको बन्दको क्रममा कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा परी एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार