आँपको बगैचामा एक युवकको शव फेला


सिरहा । सिरहाको धनगढीमाई नगरपालीका १० श्यामपुरस्थित आँपको बगैचामा एक युवकको शव भेटिएको छ । धनगढीमाई पाका १२ सिमरटोकी घर भई हाल लाहान २४ डाँडाँटोल बस्ने ३० बर्षे जोगी सदाको शव फेला परेको हो । उक्त बगैचा स्थानीय सागर मगरको हो ।

आइतबार अपरान्ह घरबाट बजार जान्छु भन्दै हिडेका सदाको शव सोमबार अपरान्ह भटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाँटीमा डाम देखिएकोले उनको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार