काठमाडौँ । नयाँ सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गर्न गठित वाम गठबन्धन कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
कार्यदलले आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।
संविधान र वाम गठबन्धनले तयार पारेको घोषणापत्रमा आधारित भएर नयाँ सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गरिएको कार्यदलका संयोजक एवं एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । कार्यदलले ५ वर्षभित्र जनताका आधारभूत समस्या समाधान हुने गरी विकास र सुशासनको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।