प्रचण्डलाई ज्यान मार्ने धम्की !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई ज्यान मार्ने धम्की आएको स्वयं प्रचण्डले बताएका हुन् ।

महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट एकता भाँड्नका लागि ठूलो षड्यन्त्र भइरहेको दाबीसमेत गरे ।

पार्टी एकता र गठबन्धनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको उनको भनाइ थियो । पार्टी एकता नगर्न आफूलाई ज्यान मार्ने धम्कीसम्म आएको उनले खुलासा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार