सम्पति विवरण नबुझाउने १९ हजार कर्मचारी अख्तियारको फन्दामा


सम्पति विवरण नबुझाएका १९ हजारभन्दा बढी कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले ती कर्मचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको हो ।

१९ हजार कर्मचारी मध्ये अधिकांश शिक्षण पेशामा आवद्ध रहेका छन् । अख्तियारले सम्पत्ति विवरण नबुझाउने कर्मचारीको सम्पत्ति छानबिन समेत हुन सक्ने बताएको छ । सरकारी सेवामा रहेका सबैजसो कर्मचारीले आफ्नो तोकिएको निकायमार्फत हरेक वर्ष आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाउनुपर्ने व्यवस्था छ ।

साढे चार लाखको हाराहारीमा रहेका कर्मचारीहरुमध्ये सम्पत्ति विवरण नबुझाउनेलाई कारबाहीका लागि अख्तियारमा सिफारिस गरिएको सतर्कता केन्द्रले प्रष्ट पारेको छ । सम्पत्ति विवरण नुझाउनेमा धेरै संख्या शिक्षक त्यसपछि सेना र प्रहरीका एक हजार भन्दा बढी रहेका छन् । ८० हजार भन्दा बढी शिक्षकमध्ये ११ हजार तथा निजामती सेवाका ४ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार