स्वर्गद्वारी महोत्सवमा निःशुल्क माटो परीक्षण


प्यूठान । तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सवमा निःशुल्क माटो परिक्षण आकर्षण बनेको छ । प्यूठानी कृषक तथा अन्तर जिल्लाबाट मेला भर्न आउने कृषकहरुले माटो परीक्षण तथा परामर्श मार्फत लाभ लिएका छन् ।

शुक्रवारबाट सुरु भएको मटो परिक्षणमा दैनिक ४०–४५ जना कृषकको माटो परिक्षण गरिएको माटो विज्ञ टंक बहादुर कार्कीले बताए । कुन खेती लगाउने, कुन वाली राम्रो फल्ने, मौसम, चुनौतीहरुको सामाना के–कसरी गर्नेवारे किसानहरुलाई आफुले सुझाव दिने गरेको कार्कीको भनाइ छ ।

प्राविधिकसहित ६ जनाको टोलीले प्यूठानका कृषकहरुलाई माटो परिक्षण गरी माटो अनुसार सुहाउँदो बाली लगाउन सुझाव दिने गरेको बताएका छन् ।

नि–शुल्क माटो परिक्षणमा किसानहरुले लाभ लिएको महोत्सवका सह–संयोजक चन्द्रलाल न्यौपानेले बताए । प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना बसुन्धारा काठमाडौसंग समन्वय गरि नि–शुल्क माटो परिक्षण तथा किसानलाई आधुनिक कृषि औजारमा ५० प्रतिशत् छुटमा विक्री गरिने न्यौपानेले बताए ।

महोत्सवमा पशु प्रजनन् तथा कृतिम गर्भाधान तथा बैङ्कीङ्ग कारोवारको बारेमा पनि परामर्श तथा अन्तक्रिया हुने महोत्सव सचिवालयले जनाएको छ । ‘परम्परागत कृषि प्रणालीलाई आधुनिकिरण गर्नै पर्छ ।’ महोत्सव संयोजक ज्ञामुराम न्यौपानेले भने, ‘कृषि पनि व्यापार हो भन्नेवारे हामी प्रचार गर्न चाहान्छौँ ।’ उद्यमी जनशक्ति विना सम्वृद्ध प्यूठानको परिकल्पना गर्न नसकिने उनले बताए ।

माटो परिक्षणले किसानहरुलाई थप उत्पादनमा उर्जा दिएको ढुङ्गेठाँटीका किसान शोभाराम भण्डारीले बताए ।

करिब २ रोपनी बारीमा व्यवसायीक तरकारी खेती गर्दै आएको उनले बताए । ‘मेलामा माटो परिक्षण गरेको छु ।’ भण्डारीले भने, ‘मौकाको फाईदा सबैले लिन पर्दछ ।’

महोत्सवमा कृतिम गर्भाधान सम्वन्धि परामर्शले आफुलाई प्रफुल्लीत बनाएको ऐरावती ५ जारीका पुरनसिंह भण्डारीले बताए ।

पुष्पा बाख्रा फर्म समेत संचालन गरेका भण्डारीको बाख्रा फर्ममा करिब ६० वटा बाख्राहरु रहेका छन् । उनले यस अघि १४ वटा खरी माउ जातका बाख्रामा बोएर जातको बाख्राको कृतिम गर्भाधान गरेको भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार